संसद अधिवेशन अन्त्यका लागि सिफारिश, राष्ट्रपतिबाट पाँचवटा विध...
चैत १९, २०८१ मंगलबार
काठमाण्डौ – दिल्लीको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेटको अभ्यास शृङ्खला नेपाली युवा टोलीले क्लीन स्वीप गरेको छ । वीरगञ्जमा भएको तेस्रो खेलमा दिल्लीलाई ५१ रनले पराजित गर्दै नेपालले शृङ्खला क्लीन स्वीप गरेको हो ।
यसअघि लगातार दुई खेल जितेर नेपालले शृङ्खला जितिसकेको थियो । आज नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभरमा ७१ रन बनाउँदा अल आउट भयो । त्यसअघि ब्याटिङ गरेको नेपाल ३९ ओभर चार बलमा एक सय २२ रन बनाएर अल आउट भयो ।
विश्वकप छनोटको तयारीका लागि दिल्लीसँग तीन खेलको शृङ्खला खेलेपछि नेपालले अफगानिस्तानसँग पनि तीन खेलको शृङ्खला खेल्ने तय छ । अफगानिस्तानसँगको शृङ्खला चैत २१ देखि मुलपानीमा हुनेछ । नेपालले चैत अन्तिम हप्तादेखि आइसिसी १९ वर्षमुनिको विश्वकपअन्तर्गत एशिया छनोट आयोजना गर्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।