तीनकुने घटनामा पूर्वराजा शाहको संलग्नता रहेको प्रधानमन्त्री ओलीको दाबी, सबैलाई कारबाही हुने

 चैत १८, २०८१ सोमबार १२:३४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले गएको शुक्रवार काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेका आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाकाे आजकाे बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले राजावादीका तर्फबाट भएका हिंसक गतिविधिका लागि शाह जिम्मेवार रहेका बताउनुभएको हो । झन्डै एक वर्षदेखि सरकार र व्यवस्थाप्रति घृणा फैलाउने काम भइरहेको भन्दै उहाँले कथित जनकमान्डर खटाएको दाबी गर्नुभयो । आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन भन्दै उहाँले यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति नपाउने बताउनुभयो

शुक्रवार राजावादीहरूकाे प्रदर्शन हिंसात्मक बन्दा एक जनाको गोली लागेर र एक जनाको जलेर ज्यान गएको थियो । प्रदर्शनकारीहरूले भवन तथा गाडीहरूमा आगजनीसँगै पसलमा लुटपाटसमेत गरेका थिए ।

शुक्रवार नै भएको विपक्षी समाजवादी मोर्चाको कार्यक्रमका लागि भने प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो । ओलीले सम्बोधन गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने प्रयोग भएको भाषाप्रति विरोध व्यक्त गरेका थिए ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया