नेपाल सुपर लिग : धनगढीको विजयी शुरूवात, बुटवल लुम्बिनी ४–१...
चैत २०, २०८१ बुधबार
म्यानमारको सत्तारूढ सैन्य सरकारले देशमा एक हप्ताका लागि राष्ट्रिय शोक घोषणा गरेको छ । म्यानमारमा आउँदो अप्रिल ६ सम्म राष्ट्रिय शोक घोषणा गरिएको र यस अवधिमा झण्डा आधा झुकाइने बीबीसीले जनाएको छ ।
म्यानमारमा गएको शुक्रवार आएको भूकम्पका कारण एक हजार सात सय जनाभन्दा धेरैको ज्यान गएको छ ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) की मार्गरेट ह्यारिसले म्यानमारका अस्पतालहरू घाइतेहरूले भरिएका र भूकम्पले धेरै अस्पतालहरू क्षतिग्रस्त भएका बताउनुभएको खबरमा उल्लेख छ । उहाँले कम्तीमा तीन वटा अस्पताल पूर्णरूपमा बन्द भएका र अन्य २२ वटा अस्पताल आंशिक रूपमा क्षतिग्रस्त भएर राम्ररी सञ्चालन हुन नसकेको बताउनुभयो ।
म्यानमारको सैन्य सरकारमाथि केही क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता अवरुद्ध गरेको आरोप लागेकाले ऊसँग काम गर्नु अर्काे चुनौती रहेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।