आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
अवैध आप्रवासीको खतरासँग जुध्न बेलायतमा आजदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरू हुने भएको छ । सम्मेलनमा ४० वटाभन्दा धेरै देशका प्रतिनिधि सहभागी हुने बीबीसीले जनाएको छ ।
सम्मेलनमा बेलायती प्रधानमन्त्री किअर स्टार्मरले मानव बेचबिखन गर्ने गिरोहलाई रोक्न र देशहरूबीच आपसी सहयोग बढाउनमा जोड दिनु हुनेछ । आप्रवासीको एजेन्डामा गर्न लागिएको यो पहिलो सम्मेलन मानिएको छ । यस सम्मेलनको उद्देश्य गैरकानूनी आप्रवासनको समाधान खोज्नु र अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ गर्नु रहेको खबरमा उल्लेख छ ।
बेलायती सरकारका लागि आप्रवासीको मुद्दा निकै महत्त्वपूर्ण छ । विपक्षी दल कन्जर्भेटिभ र रिफर्म यूकेले सत्तारूढ लेबर पार्टीले यस समस्यालाई राम्ररी समाधान गर्न असफल भएको आरोप लगाएका छन् ।
बैठकअघि बेलायत सरकारले मानव बेचबिखन रोक्न र यस अपराधमा संलग्नलाई कडा कारबाही गर्न ३३ मिलियन पाउन्ड खर्च गर्ने घोषणा गरेको छ ।
यस सम्मेलनमा भियतनाम, अल्बानिया र इराकजस्ता देशका अधिकारीहरू सहभागी हुनेछन् जहाँबाट ठूलो सङ्ख्यामा आप्रवासीहरू बेलायत आउने गरेका छन् । यसका साथै फ्रान्स, चीन र अमेरिकाका प्रतिनिधिको पनि सहभागिता रहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।