शेयर बजार लगातार तेस्रो दिन बढ्यो, साढे ७ अर्ब रुपैयाँको कारोबार

 चैत १७, २०८१ आइतबार १५:३७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार लगातार तेस्रो कारोबार दिन उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८२ अङ्कले बढेर २ हजार ६ सय ९३ दशमलव १२ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, लगानी, अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज जोशी हाइड्रोेपावर डेभलपमेन्ट कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन प्रभु स्मार्ट फन्ड समूहको शेयर भने सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ५ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ७ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया