देउवासहित ७ सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित
चैत १९, २०८१ मंगलबार
काठमाण्डाै – सङ्घीय संसद्को दुवै सदनको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक केहीबेर चलेर स्थगित भएको थियो ।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को गतिरोध अन्त्य गर्न पटक पटक सत्ता र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि सहमति जुटेन । साथै सभामुख घिमिरे र अध्यक्ष दाहालले पनि दिउँसो छलफल गर्नुभएको थियो ।
छलफलपछि भोलि बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक स्थगित गर्ने निर्णय भएको संसद् सचिवालयले जनाएको छ । विपक्षी दलहरूले कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा दुवै सदनमा प्रधानमन्त्रीको जवाफ मागेर अवरोध गर्दै आएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी दलहरूका सांसदहरूले बोल्न पाउनुपर्ने भन्दै होहल्ला गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।