७२ वर्षमा अमेरिकी राष्ट्रपति ट्रम्प

 असार १, २०७५ शुक्रबार ७:२१:३१ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार ७२ वर्षमा लागेका छन् ।  राष्ट्रपति ट्रम्पले बिहीबार आफ्नो जीवनको ७२ वर्ष पूरा गर्नु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्ने ट्रम्प सवैभन्दा पाको व्यक्ति रहेका छन्। अमेरिकी राष्ट्रपतिमा पहिलो कार्यकालका लागि निर्वाचित बन्दा ट्रम्प ७० वर्षका थिए । अमेरिकाको इतिहासमा रोनाल्ड रेगनले दोस्रो कार्यकाल सम्हाल्दा सन् १९८४ मा उहाँ ७३ वर्षका थिए । 

ट्रम्प शारीरिक र मानसिक रुपमा स्वस्थ्य छन् । ट्रम्पको रक्तचाप (ब्लड प्रेसर) ल्याबका रिपोर्टहरू आश्चर्यजनक ढङ्गबाट उत्कृष्ट भएको उनका निजी चिकित्सकले बताएका छन् । 

उनकाे शारीरिक शक्ति र आत्मविश्वास निकै बलियो भएको पनि चिकित्सकको भनाई रहेको छ । अमेरिकी नागरिकहरु उनको उमेर र स्वास्थ्यका विषयमा निकै चासो लिने गर्दछन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया