ज्वालामुखी विस्फोटपछि इण्डोनेसियामा सुनामी, कम्तीमा ६२ जनाको मृत्यु

 पुष ८, २०७५ आइतबार १२:३४:५३ | एजेन्सी
unn.prixa.net


इण्डोनेसियामा शनिबार गएको सुनामीमा कम्तीमा ६२ जनाको ज्यान गएको छ ।  करिब ५ सय ८४ जना घाइते भएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । सुनामी इण्डोनेसियाको समुन्द्री किनार छेउमा रहेको सुन्दा स्ट्रेट(पानीको साँघुरो भाग) मा आएको थियो ।

इण्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीले बताएअनुसार सुनामीका कारण सयौं घर तहसनहस भएका छन् ।

क्रकाटोवा ज्वालामुखी विस्फोटपछि समुन्द्र भित्र गएको पहिरोको कारण सुनामी आएको हुनसक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् । सुनामी गएको ठाउँ जाभा र सुमात्रा टापुको बीचमा पर्छ । यसले जाभा सागरलाई हिन्द महासागरसँग जोडेको छ ।

विपद व्यवस्थापन एजेन्सीले बताएअनुसार त्यहाँको स्थानीय समयअनुसार शनिबार रातिको ९ : ३० बजेतिर सुनामी गएको थियो ।

सुनामीका कारण सबैभन्दा बढी पाण्डेग्लाङ, दक्षिणी ल्याम्पुङ र सेराङ क्षेत्रका मानिसहरुको ज्यान गएको छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया