इण्डोनेसिया : ज्वालमुखीका कारण फेरि सुनामीको खतरा

 पुष ९, २०७५ सोमबार ७:४१:९ | एजेन्सी
unn.prixa.net

इन्डोनेसियाको क्रेकातोआमा ज्वालामुखी अझै पनि  सक्रिय अवस्था रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ । नयाँ सुनामी आउन सक्ने चेतावनी दिँदै त्यहाँ आसपासका तटीय इलाकामा बसोबास गर्ने मानिसहरुलाई अन्यत्र जानका लागि आग्रह गरिएको छ । 

शनिबार राति आएको सुनामीका कारण २२२ जनाको ज्यान गैसकेको छ । मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ । प्रभावित क्षेत्रमा हराएका मानिसहरुको खोजी कार्य भैरहेको छ । 

इण्डोनेसिया सरकारका अनुसार सुनामी पछि कम्तीमा ८४३ जनाको जना घाइते भएका छन् । केही मानिसहरु हराइरहेका छन् । 

सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको छ । इण्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीले बताएअनुसार सुनामीका कारण सयौं घर तहसनहस भएका छन् ।

वालामुखी विस्फोटपछि समुन्द्र भित्र गएको पहिरोको कारण सुनामी आएको त्यहाँका अधिकारीहरुले बताएका छन् । सुनामी गएको ठाउँ जाभा र सुमात्रा टापुको बीचमा पर्छ । यसले जाभा सागरलाई हिन्द महासागरसँग जोडेको छ ।

के हो सुनामी, कसरी आउँछ ?

समुद्रमुनि जब हलचल हुन्छ, त्यसले विशाल र अग्ला छालहरू बनाउँछ । यसरी उठेका छालहरु ठूलो वेगका साथ अगाडि बढ्छन् । यही छाललाई सुनामी भन्ने गरिन्छ । 

शाब्दिक अर्थमा यसलाई बुझ्ने हो भने ‘सुनामी’ जापानी शब्द हो । जापानी भाषामा सु भनेको समुद्र तट र नामी भनेको छाल हो ।

समुद्रमा छालहरू चन्द्रमा, सूर्य तथा ग्रहहरूका गुरुत्वाकर्षणका कारण उत्पन्न हुने गर्छन् । सुनामी छाल उत्पन्न हुने कारण भने अन्य छालहरु भन्दा बेग्लै छ । 

समुद्रमा सुनामी आउनुको प्रमुख कारण भूकम्प हो । यसबाहेक जमिन धस्सिने, ज्वालामुखी विस्फोट हुने र कहिलेकाहीँ उल्का वर्षाका कारण पनि सुनामी लहर उठ्ने गर्छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया