पत्रकार बुखारीको शवयात्रामा हजारौँको सहभागिता

 असार १, २०७५ शुक्रबार १७:५३:५१ | एजेन्सी

भारत प्रशासित कश्मीरमा बिहीबार मारिएका एक जना सम्पादकको शवयात्रामा हजारौँको सहभागिता भएको छ । 

राइजिङ कश्मीरका सम्पादक रहेका पत्रकार शुजात बुखारीको बिहीबार साँझ श्रीनगरमै गोली हानी हत्या गरिएको थियो । कार्यालयबाट घर गइरहेको समयमा उनको गोली हानी हत्या भएको थियो । 

उनको शवयात्रा शुक्रबार बिहान श्रीनगरको एक स्थानीय अस्तालबाट सुरु भएको थियो । त्यस क्रममा हजारौँ स्थानीय सहभागी भएका थिए । 

शुजात कश्मीरमा शान्तिका लागि पहल गर्ने व्यक्ति थिए । तर अतिवादीहरुले उनको भूमिकाको आलोचना गर्ने गर्दथे । 

उनलाई विगतमा पनि पटक–पटक आक्रमणको प्रयास गरेको बताइएको थियो । सोही कारण उनलाई राज्य सरकारले नै अङ्गरक्षक प्रहरी दिएको थियो । 
उनको हत्याको भारतका विभिन्न अधिकारवादी संघसंस्था तथा पत्रकारले विरोध गरेका छन् । उनीहरुले दोषीमाथि कडा कारबाहीको पनि माग गरेका छन् ।
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया