खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई भष्ट्राचारको मुद्दामा सात वर्षको जेल सजाय सुनाइएको छ ।
अकाउण्टिबिलिटि कोर्टले सोमबार अल अजिजा मुद्दामा दोषी ठहर गर्दै सात वर्षको जेल सजाय तोकेको हो । उनलाई ध्वजाबाहक पानीजहाज खरीद प्रकृयामा भने सफाइ दिइएको छ ।
अल अजिजा मुद्दामा शरीफलाई २५ मिलियन डलरको जरिवाना पनि सुनाइएको छ । सन् २०१७ मा शरीफ पानामा पेपर काण्डमा मुछिएका थिए । नवाज शरीफ र उनका छोरा हुसान र हसान अलअजिजा, ध्वजाबाहक पानीजहाजको लगानी र पानामा पेपर काण्डका मुद्दामा दोषी देखिएका थिए भने शरीफकी छोरी मार्याम र ज्वाई सफदार लण्डनमा फ्ल्याट किनेको विषयमा दोषी देखिएका थिए ।
गएको जुलाई ६ मा लण्डनमा फ्ल्याट किनेको श्रोत नखुलाएको आरोपमा अकाण्टिबिलिटि कोर्टले शरीफ र उनका ज्वाई–छोरीलाई जेल सजाय तोकेको थियो । उनीहरुलाई स्लामावाद हाइ कोर्टले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उनी जेलमा भएको बेला शरीफको पार्टीले चुनावमा पनि हार बेहोर्नुपरेको थियो । पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खानले प्रधानमन्त्री पद जित्न सफल भएका थिए । शरीफले आफूलाई राजनीतिक रुपमा फसाउने षड्यन्त्र भएको आरोप लगाएका छन् ।
तर अकाण्टिबिलिटि कोर्टले साउदी अरेबियामा भएको अल अजिया स्टिल मिलको स्वामित्वबारेको आर्थिक स्रोत पारदर्शी नभएमा शरीफलाई दोषी ठहर गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।