अन्तरिक्षमा गगनयान : ७ दिन, तीन भारतीय र १६ हजार करोड खर्च

 पुष १३, २०७५ शुक्रबार १८:१३:३० | एजेन्सी
unn.prixa.net

भारतको केन्द्रीय मन्त्रीमण्डलले सन् २०२२ सम्म तीनजना भारतीयलाई अन्तरिक्षमा पठाउनको लागि १६ हजार करोड बजेटको लागि स्वीकृति दिएको छ ।

भारत सरकारका केन्द्रीय कानुनमन्त्री रविशंकर प्रसादले शुक्रबार महत्वाकांक्षी अभियानका लागि सरकारले स्वीकृति दिएको जानकारी दिएका हुन् । यो प्रोजेक्टको नाम गगनयान राखिएको छ । सन् २०२२ सम्म तीन जना भारतीयलाई सात दिनका लागि अन्तरिक्षमा पठाउने यसको उद्धेश्य रहेको छ ।

 

गगनयान अभियान सफल भएपछि भारत अन्तरिक्षमा मानिस पठाउने विश्वकै चौथो राष्ट्र बन्नेछ । यसभन्दा अगाडि रुस, अमेरीका र चीन अन्तरिक्षमा पुगिसकेका छन् ।
गएको वर्षको १५ अगस्टमा भारतीयलाई आफ्नै सामर्थ्यमा अन्तरिक्षमा मानवसहित यान पठाउने भनेर नरेन्द्र मोदीले घोषणा गरेका थिए । 

त्यतिबेला मोदीले दिल्लीको लालकिल्लामा दिएको भाषणमा भनेका थिए, ‘सन् २०२२ मा देशबाट कोही न कोही छोराछोरीलाई अन्तरिक्षमा पठाइने छ ।’  

मोदीले यसो भनेपछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) का अध्यक्ष डा. के सीवान काले इस्रोको व्यस्तताका बाबजुद पनि यो काम सन् २०२२ भित्रै सम्पन्न हुने बताएका थिए ।

अबको ४० महिना भित्र अभियानको सुरुवात भइसक्ने भन्दै इस्रोले आशा जगाएको छ । यसै अभियानका लागि भनेर इस्रोले नोभेम्बरमा रकेट मार्क ३ डी २ को सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।

विज्ञान मामिलाका विज्ञ पल्लब बागलाले बिबिसीसँग भनेका छन्, ‘भारतले सन् २०२२ भन्दा अगाडि गगनयान मिसनमा यदि कुनै भारतीयलाई अन्तरिक्षमा पठाउन चाहन्छ भने यसै रकेटबाट पठाइनेछ ।’

भारतले गरेको यस निर्णयसँगै पाकिस्तानले पनि कम्मर कसेको छ । चीनको सहयोगमा सन् २०२२ भित्रै आफू पनि अन्तरिक्षमा जानसक्ने आँकलन गर्न थालिएको छ । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया