दीक्षितका खुशी (फोटो फिचर)

 पुस १६, २०७५ सोमबार १६:२०:१२ | मदन पौड्याल
unn.prixa.net

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको ४४ औँ दीक्षान्त समारोहमा नौ हजार ५ सय ५ जना विद्यार्थी दीक्षित भएका छन् । 

ललितपुरको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको मैदानमा भएको कार्यक्रममा प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उनीहरुलाई दीक्षित गर्नुभयो । 

प्रधानमन्त्री ओलीले पुराना ज्ञान तथा सीपको सही सदुपयोग र प्रचार गर्न नसक्दा पछाडि परेको बताउनुभयो । उहाँले आफ्नो ज्ञान र सीपको सदुपयोग गरी देश विकास र समृद्धिको यात्रमा सहयोग पुर्‍याउन दीक्षित भएका विद्यार्थीलाई आग्रह गर्नुभयो । दीक्षान्त समारोहमा जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी लामा प्रमुख अतिथि हुनुहुन्थ्यो । 

२०७४ साल जेठ १८ देखि ७५ जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि गरी ७४ हजार २ सय ८२ विद्यार्थीमध्ये ९ हजार ५ सय ५ जना विद्यार्थी दीक्षित भएका हुन् ।  

दीक्षित विद्याथीहरुले आफूले एउटा शैक्षिक खुड्किलो पार गरेको खुशियालीमा टोपी  उडाएका थिए । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया