खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
भारत पुनेमा रहेको दौंड भन्ने ठाउँमा बुधबार दिउँसो एउटा रमाइलो दृश्य देखियो ।
त्यहाँ एउटा विवाह भइरहेको थियो जुन अरु सामान्य विवाहभन्दा फरक थियो । अरु विवाहमा दुलाहा जन्ती लिएर दुलहीको घर जान्छन् तर यहाँ भने दुलही बुलेट मोटरसाइकल लिएर जन्तीसहित ५ किलोमिटर पर रहेको दुलाहाको घरमा पुगिन् र त्यहीँ बनाइएको मण्डपमा वैवाहिक कार्यक्रम अगाडि बढ्यो ।
दुलही थिइन् दाैडको केडगाउँकी कोमल देशमुख ।
दुलहीका बाबु एक स्थानीय किसान हुन् । काेमलले समाजलाई महिलाहरु पनि कुनै हिसाबले कम छैनन् भन्ने सन्देश दिन यस्तो अलि अनौठो खालकाे काम गरेकाे बताइन् ।
उनले जन्ती लिएर जानु केटाहरुको मात्र कपिराइट नभएको अव्यिक्ति दिएकी छिन् । कोमल देशमुख दुलहीको भेषमा विवाहका लागि बुलेट मोटरसाइकलमा निस्किँदा वरपरका देख्नेहरुले कुनै शुटिङको दृश्य झै मानिरहेका थिए ।
टलक्क टल्किने बुलेट मोटरसाइकलमा बसेकी कोमलले दुलही रातो पहिरन र कालो चश्मा लगाएकी थिइन् । आफू मोटरसाइकल चलाएर दायाँबायाँ र अगाडिपछाडि दर्जनौं कारहरुको ताँती लगाएर उनी ५ किलोमिटरको यात्रा तय गर्दै दुलाहाको घरमा पुगेकी थिइन् ।
पछि उनका बाबुले त्यही बुलेट मोटरसाइकल उनलाई उपहार दिएका थिए ।
छोरीले बुलेटमा दुलाहाको घर जाने इच्छा व्यक्त गरेको र त्यसमा दुलाहाका घरतर्फबाट पनि सकारात्मक प्रतिक्रिया आएकाले बुलेट मोटरसाइकलमा जन्ती लिएर दुलाहाको घर जाने व्यवस्था मिलाइदिएको कोमलका बाबुले बताए ।
बुलेट माेटरसाइकल लिएर काेमल दुलाहाको घर पुग्दा दुलाहाका छरछिमेकीहरु विवाहको मण्डपमा व्यस्त थिए भने सँगै गएका जन्तीहरु नाच्दै गाउँदै विवाहघर तिर गइरहेका थिए ।
दुलही मण्डपमा पुग्दा उपस्थित सबैले दुलही कोमल र जन्तीको भव्य स्वागत गरेका थिए।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।