गाउँपालिकालाई १५ दिनभित्र लिखित जवाफ दिन उच्च अदालतको आदेश

 पुष २२, २०७५ आइतबार १८:४४:३१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुङ्गाले चम्पादेवी गाउँपालिकासँग १५ दिनभित्र लिखित जवाफ मागेको छ ।

ओखलढुुङ्गाको चम्पादेवी गाउँपालिकमा चुलिएको विवाद अदालतसम्म पुगेपछि आइतबार भएको एकल इजालसले १५ दिनभित्र गाउँपालिकालाई लिखित जवाफ पेश गर्नु भनी आदेश जारी गरेको हो । 

उच्च अदालत बिराटनगर अस्थायी इजालस ओखलढुङ्गका न्यायाधीश बिदुर बिक्रम थापाको एकल इजालसले गाउँपालिकासँग लिखित जवाफ मागेको हो  । 

स्थानीय स्तरमा तथा जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा भएको छलफलमा सहमति हुन नसकेपछि गाउँपालिकाको विवाद अदालतसम्म पुगेको हो  ।
गाउँपालिकामा भएका अनियमतिताका विरुद्ध पुष १६ गते आन्दोलनरत पक्षले गाउँपालिकामा लगाएको तालाबन्दी खोलिए पनि प्रमुख जिल्ला अधिकारीको समन्वयमा भएको छलफलमा केही निष्कर्ष ननिस्केपछि  विवाद अदालतसम्म पुगेको थियो । 

शुक्रबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, चम्पादेवी गाउँपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा जनप्रतिनिधि र विपक्षी भनिएका नेकपा चम्पादेवीका नेता तथा नेकपा समर्थित जनप्रतिनिधिबीच भएको छलफलमा केही निष्कर्ष निस्किएन ।

 त्यसपछि चम्पादेवी–६ का स्थानीय तथा नेकपाका नेता कमलबहादुर खड्काले गाउँपालिकाको अनियमतिताका विरुद्ध उच्च अदालत विराटनगर अस्थाई इजालस ओखलढुङ्गामा मुद्धा दर्ता गराएका थिए ।

खड्काले पेश गरेको मुद्धाको विषयमा उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुंगाका न्यायाधीश विदुर बिक्रम थापाको एकल इजलासले विपक्षीहरुलाई बाटो म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश  गर्न आदेश दिएको हो । 

आदेशमा निवेदकले आन्तरिम आदेशको माग गरेको भए पनि दुवै पक्षबीच छलफल गराइ अन्तरिम आदेशको टुंगोमा पुग्न उपयुक्त हुने देखिएको हुँदा पुस ३० गतेसम्म छलफलको तारेख तोकिएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया