अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक ...
फागुन २३, २०८१ शुक्रबार
क्यानडाको राजधानी ओटावामा घर भएर केही समयदेखि नेपालको एउटा अनाथाश्रममा स्वयंसेवकका रुपमा काम गरिरहेका एक व्यक्ति बाल यौन दुराचारको आरोपमा क्यानडामा पक्राउ परेका छन् ।
६२ वर्षका पल म्याक्कार्थी नाम गरेका ती व्यक्तिलाई गएको मध्य डिसेम्बरमा नेपालबाट क्यानडा फर्र्केका बेला पहिलाेपटक स्थानीय क्यानडा सीमा सेवा संस्था सीबीएसएले रोकेको थियो ।
प्रहरीका अनुसार त्यतिबेला सीबीएसएका अधिकारीहरुले ती व्यक्तिका साथबाट यौन दुराचारका प्रमाण तथा उनकाे माेबाइलका म्यासेजहरुमा १६ वर्षमुनीका बच्चालाई यौनकार्यका लागि फकाउने खालको भाषा र शब्दहरु प्रयोग गरेको भेटिएको थियो ।
जनवरी ४ का दिन उनी क्यानडाबाट देश छोडेर पनामा जान लागेको बेला उनलाई टोरण्टोको पियर्सन विमानस्थलमा प्रहरीले उनी चढेको विमानबाटै पक्राउ गरेको थियो ।
ओटावा प्रहरीले गएको शुक्रबार म्याक्कार्थीको घरमा छापा मारेर बाल यौन दुराचारसम्बन्धी तस्बिर त्यहाँ भएका अन्य विदयुतीय सामगीहरु बरमद गरेको बताएको छ ।
त्यसपछि म्याक्कार्थीलाई बाल यौन दुराचारसम्बन्धी दुईवटा सामग्री राखेको आरोप लागेको थियो जसमा एउटा १८ वर्षमुनीका किशोरलाई फकाएको र अर्कोमा यौन दुराचारसम्बन्धी सामग्री आयात गरेको थियो ।
प्रहरीका अनुुुसार पीडितमध्ये पाँचजना नेपाली किशोरहरु रहेको र उनीहरु सबै १६ वर्षमुनीका रहेको क्यानडा प्रहरले जनाएको छ । उनलाई शुक्रबार टोरण्टोमा पक्राउ गरेपछि ओटावा पठाइएको छ । उनी शनिबार पहिलोपटक अदालतमा उपस्थित गराईँदै गदा उनका परिवारका सदस्यहरु अदालतबाहिर रोइरहेका स्थानीय सञ्चारमाध्यम सीटीभीन्यूजले लेखेको छ ।
ओटावाका प्रहरीले प्रेस विज्ञप्ति जारी गरेर अन्य बालबालिका पनि पीडित भएका हुनसक्ने सम्भावना व्यक्त गरेको छ । साथै विज्ञप्तिमा म्याक्कार्थीमाथि अन्य अभियोगहरु पनि लाग्नसक्ने अपेक्षा गरिएको पनि जनाइएको छ ।
छानबिनमा क्यानडा तथा अमेरिकाका आरएमसीपी, पील रिजनल पुलिस, अमेरीकी गृह सुरक्षा विभाग तथा ओटावा प्रहरी लगायत विभिन्न सुरक्षा निकायहरु संलग्न थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।