क्यानडेली नागरिकलाई चीनमा मृत्युदण्डको सजाय

 पुस ३०, २०७५ सोमबार १९:४१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

लागुऔषध कारोबारमा संलग्न क्यानडेली नागरिकलाई चीनमा मृत्युदण्डको सजाय सुनाइएको छ ।

चीनको उत्तर पूर्वमा पर्ने लियाओनिङ प्रान्तमा दलियान अदालते सोमबार क्यानडाका नागरिक रोबर्ट लोयड सेलेनबर्गलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

सेलेनबर्गलाई सन २०१४ मा पक्राउ गरिएको थियो । उनलाई १५ वर्षको कैद सजाय तोकेर लागुऔषध कारोबारमा थप अनुसन्धान गरिएको थियो । तर गएको महिना वकीलसँग सहमति जनाउँदै पुनरावेदन अदालतले सेलेनबर्गलाई १५ वर्ष कैद थोरै भएको र मृत्युदण्ड दिने फैसला गरेको थियो ।

क्यानडाले पनि अमेरिकाको निर्देशनमा हुवावेका प्रमुख आर्थिक अधिकृत मिङ ह्वाङजाउलाई डिसेम्बर १ मा प्रक्राउ गरेको थियो । त्यसपछि क्यानडा र चीनबीचको सम्बन्धमा तिक्तता आएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया