श्रीदेवीको भूमिकामा डेब्यू गरिरहेकी प्रिया प्रकाशमाथि कानुनी कारबाहीको तयारीमा बोनी कपूर

 माघ १, २०७५ मंगलबार २०:३३:३४ | एजेन्सी
unn.prixa.net

केही समयअघि स्कुल ड्रेसमा आँखा झिम्काउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि एकाएक चर्चा बटुलेकी मलयालम फिल्मकी अभिनेत्री प्रिया प्रकाश वारियर अब बलिउड डेब्यू गरिरहेकी छिन् ।

हालै उनी अभिनित फिल्म ‘श्रीदेवी बंगलो’ को टिजर सार्वजनिक भएको छ । टिजर सार्वजनिक भएसँगै यस फिल्मको चर्को विवाद भइरहेको छ । अभिनेत्री श्रीदेवीका श्रीमान तथा फिल्म निर्माता बोनी कपूरले यस फिल्मका निर्देशक, निर्माता तथा अभिनेत्रीलाई लिगल नोटिस पठाएका छन् । यस कुराको जानकारी फिल्म ‘श्रीदेवी बंगलो’ निर्देशक प्रशान्त मम्बुलीले दिएका छन् ।  

यस फिल्मका निर्देशकले अभिनेत्री श्रीदेवीको नाम तथा श्रीदेवीको मृत्युको दृश्यको छायाकंनको लागि बोनी कपूरसँग अनुमति नलिइएको आरोप लगाइएको छ । तर निर्देशकले भने यस आरोपलाई अस्वीकार गर्दै श्रीदेवी नाम साझा नाम रहेको र फिल्मको कथा अभिनेत्रीको जीवनमा आधारित भए पनि अभिनेत्री श्रीदेवीको जीवनसँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।

साथै बोनी कपूरले कानुनको सहायता लिँदै नोटिस पठाए पनि आफू पनि यसविरुद्ध लड्ने बताएका छन् । 

अभिनेत्री प्रिया प्रकाश वारियरले भने यस विषयमा कुनै पनि किसिमको प्रतिक्रिया दिन अस्वीकार गरिरहेकी छिन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया