भर्खरै विवाह गरेका रणवीर सिंह र निक जोनसलाई शाहिद कपूरले दिए यस्तो टिप्स !

 माघ २, २०७५ बुधबार १४:५८:२ | एजेन्सी
unn.prixa.net

अभिनेता शाहिद कपूर  हालै करण जोहरको चर्चित टक शो ‘कफी विथ करण’ मा भाइ इशान खट्टरका साथ सहभागी भएका थिए ।

शाहिदले कार्यक्रममा करण जोहरका हरेक प्रश्नको रमाइलो र उत्कृष्ट ढंगबाट जवाफ दिँदै उपहार समेत जिते । कार्यक्रमको र्‍यापिड फायर राउण्डमा करण जोहरले अभिनेत्री दीपिका पादुकोणसँगको विवाहपश्चात रणवीर सिंहलाई के सल्लाह दिन चाहनुहुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा शाहिदले भने ‘रणवीरले दीपिकालाई त्यति नै माया गर्नु, जति माया फिल्म ‘पद्मावत’ मा राजा रावल रतन सिंहले पद्मावतीलाई गरेका थिए ।’ 

फिल्म ‘पद्मावत’ मा शाहिद कपूरले रावल रतन सिंहको भूमिका निर्वाह गरेका थिए भने पद्मावतीको भूमिकामा अभिनेत्री दीपिका पादुकोण थिइन् ।
 
अभिनेता शाहिद कपूरले रणबिर कपूरलाई मात्रै नभई उनकी पूर्व प्रेमिकासमेत रहेकी अभिनेत्री प्रियंका चोपडाका श्रीमान निक जोनसलाई पनि सल्लाह दिएका छन् । विवाहपछि निक जोनसलाई कस्तो सल्लाह दिनुहुन्छ भन्ने प्रश्नमा शाहिदले भने, ‘कहिल्यै हार नमान्नु किनकी उनी ओरिजिनल देशी गर्लका साथमा छन ।’

रणवीर दीपिकासँगको सम्बन्धका बारेमा यसो भने शाहिदले 

शाहिद कपूरले अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहसँगको आफ्नो सम्बन्ध औपचारिक सम्बन्ध रहेको बताउँदै भने, ‘बलिउड फिल्म उद्योगमा धेरैजसो व्यक्तिहरुका साथ मेरो प्रोफेसनल सम्बन्ध मात्रै रहने गरेको छ । दीपिका पादुकोण, रणवीर सिंह र सञ्जय लीला भन्साली कहिल्यै पनि मेरो नजिकको साथीको सर्कलमा पर्दैनन् । दीपिका रणवीरका साथ पनि प्रोफेसनल सम्बन्ध मात्रै रह्यो । मलाई लाग्छ आज पनि हामीबीच यही सम्बन्ध कायम छ । जबसम्म हामी एकअर्का साथ काम गरिरहेका हुन्छौँ तबसम्म हामी नजिक हुन्छौँ । तर काम सकिएपछि भने हामीबीचको निकटता पनि सकिन्छ ।’ 


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया