ट्रम्पले किन रद्द गरिदिए विपक्षी पार्टीकी नेतृ न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण ?

 माघ ४, २०७५ शुक्रबार १९:३१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्रेटिक पार्टीकी नेतृ एवं सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गरिदिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले डाभोसमा हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुने सभामुख पेलोसीसहितका अमेरिकी अधिकारीहरुको भ्रमण रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एयर फोर्सको विमानबाट अफगानिस्तान प्रस्थान गर्न संसद भवनबाट निस्कनै लाग्दा राष्ट्रपति ट्रम्पले पेलोसीको भ्रमण रद्द गरिदिनु भएको हो ।

मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन झण्डै ६ अर्ब डलरसहित बजेट पारित गर्न आग्रह गर्दा विपक्षी पार्टीले अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्प र विपक्षी पार्टीबीचको विवाद चुलिएको हो । त्यसैको विरोधस्वरुप ट्रम्पले सभामुखसहितका अमेरिकी अधिकारीहरुको अफगानिस्तान भ्रमण रद्द गरेको विपक्षी पार्टीका नेताहरुको आरोप छ ।

मेक्सिकोसँगको सीमामा पर्खाल निर्माणसहितको बजेट पारित गर्न ट्रम्पले जोड दिए पनि विपक्षी पार्टीहरुले त्यसलाई अस्वीकार गर्दै आएका छन् । दुई पार्टीबीचको विवादका कारण बजेट पारित नहुँदा झण्डै ८ लाख कर्मचारीले तलब पाएका छैनन् भने कतिपय कर्मचारीलाई बेतलबी घर बिदामा पठाइएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया