माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन्

 माघ ५, २०७५ शनिबार ११:१६:२५ | एजेन्सी
unn.prixa.net

आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् । यो घटना इन्डाेनेसियाकाे हाे ।

पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरकाे छत मर्मत गरिरहेका थिए  । त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् । त्यसपछि उनीहरु झगडा गर्न थाले । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिट गरे । 

स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाइन् । घटनाको दुई दिनपछि गएकाे बिहीबार उनको निधन भयो । 

पूर्वी लम्बोर्क प्रहरीका अनुसार माेबाइलकाे पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगाे लगाइन् । त्यसपछि डेडी पुरनामा नराम्ररी जले ।

उनलाई केरुआक हेल्थ सेन्टर लगियो तर दुई दिनपछि उनकाे निधन भयो । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएकाे छ । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

1 Comments

  • shyam giri

    Jan. 20, 2019, 9:07 a.m.

    hahaha

  •  0 Reply

तपाईको प्रतिक्रिया