मेक्सिकोमा तेलको पाइपलाइनमा विस्फोट, ७१ जनाको मृत्यु

 माघ ६, २०७५ आइतबार ८:२१:१५ | एजेन्सी
unn.prixa.net

मेक्सिकोको इडाल्गोमा शुक्रबार साँझ तेलको पाइपलाइनमा विस्फोट हुँदा ७१ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस घटनामा दर्जनौँ घाइते भएका छन् । 

सरकारी स्वामित्वको प्रमेक्स पेट्रोलियम कम्पनीले पाइपलाइनबाट अवैध रुपमा तेल निकालेका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । 

राष्ट्रपति एन्ड्रेस म्यानवेल ओर्बयाडोरले तेल चोरी रोक्न आवश्यक कदम चाल्ने बताएका छन् । इडाल्गोमा गएको वर्ष तेलचोरीबाट राज्यलाई तीन अर्ब डलर बराबरको नोक्सानी भएको थियो । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया