मोदीको स्वागतमा चिटिक्क सभागृह (तस्बिरसहित)

मोदी भ्रमण

 बैशाख २७, २०७५ बिहिबार १९:३७:१ | मदन पौड्याल
unn.prixa.net

काठमाडौं, वेशाख २७ – काठमाडौको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृह परिसरमा नेपाल र भारतका झण्डा फहराइरहेका छन् ।

सभागृहको को प्रवेशद्वारदेखि भित्रैसम्म गमलामा फूल सजाइएको छ । द्वारमा नेपाल भाषामा ‘लसकुस’ अनि अंग्रेजीमा ‘वेलकम’ सहित अंग्रेजी र नेपाल भाषामा नेपाल भारत सम्वन्ध सधै सुमधुर रहिरहोस् लेखिएको स्वागतद्वार बनाइएको छ ।

द्वारमा उल्लेखित यी दुवै ब्यहोरामा नेपाली भाषा भने उल्लेख छैन । त्रिभुवन विमानस्थलदेखि तीनकुने, नयाँबानेश्वर माइतीघर, सिंहदरबार, भृकुटीमण्डप लगायत ठाउँठाउँमा नेपाल र भारतका झण्डा फहराइएको छ । सडक र आसपास  सरसफाइ र रंगरोगन गरी चिटिक्क पारिएको छ ।

थप सरसफाइ शुक्रबार पनि चल्ने महानगरपालिकाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणमा शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । भारतबाट सिधै जनकपुर झरेर पूजाआजा तथा अभिन्दन ग्रहण गरि त्यहाँबाट काठमाडौं आउनलागेका मोदीलाई काठमाडौं महानगरपालिकाले शुक्रबार अभिनन्दन गर्दैछ ।

नागरिकको चर्को विरोध भइरहेपनि यसलाई ‘नागरिक अभिनन्दन’ नभनि नछोड्ने महानगरपालिकाको तयारी छ ।  ‘नागरिक अभिनन्दन’ को तयारी पूरा भएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

नागरिक अभिनन्दनका लागि २९ गते दिउँसो सवा तीन बजे मोदी राष्ट्रिय सभागृह पुग्ने तालिका छ । उहाँलाई काठमाडौं महानगरपालिकाका मेयर शाक्यले ‘काठमाडौं महानगरबासीका तर्फबाट’ अभिनन्दन गर्नुहुनेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया