भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
धनुषा - काठमाण्डाैकाे कोटेश्वर महादेवस्थानबाट अपहरणमा परेकी २ वर्षीया बालिकालाई अपहरण गर्ने मध्येका २ जना जनकपुरबाट डेढ लाख नगदसहित शुक्रबार पक्राउ परेका छन् ।
जनकपुर स्थायी घर भएकी डा. बबिता साहकी २ वर्षकी छोरी सन्दिज्ञा साह शुक्रबार बिहान ८ बजे अपहरणमा परेकी थिइन् । बालिकालाई प्रहरीले ८ घण्टापछि अपहरणकारीबाट सकुशल मुक्त गरेको थियो ।
बालिका सकुशल मुक्त भएपछि अपहरणकारी फरार रहेका थिए ।
प्रहरीले बालिका अपहरण घटनामा संलग्न अर्चना गुप्ता र बाबुल श्रेष्ठलाई १ लाख ५० हजार रुपैयाँ फिरौती रकमसहित जनकपुरको नमस्कारचोकबाट शुक्रबार साँझ ५ बजे पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
बिहान ८ बजे कोटेश्वर महादेवस्थानबाट अपहरणमा परेकी २ वर्षीया बालिकालाई अपहरणकारीले ८ घण्टापछि तिलगंगामा रहेकाे गणेश होटल अगाडि सडकमै छाडेर भागेपछि प्रहरीले उद्धार गरेको थियो ।