रोहीत शेट्टीले सलमान खानकासाथ 'एक्शन फिल्म' निर्माण गर्ने

 माघ १५, २०७५ मंगलबार ९:३:५१ | एजेन्सी
unn.prixa.net

बलिउड फिल्म निर्देशक रोहीत शेट्टी यतिबेला फिल्म ‘सिम्बा’ सफल व्यापारका कारण निकै नै खुसी छन् । डिसेम्बर २८ मा रिलिज भएको फिल्म ‘सिम्बा’ ले प्रदर्शनका १ महिनामा २५० करोडको व्यापार गरिसकेको छ ।

फिल्म ‘सिम्बा’ रोहीत शेट्टीको यस अघिको फिल्म ‘सिंघम’ सिरिजको तेस्रो भाग हो । यस फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा देखिएका छन् । यस फिल्मको सफलतासँगै रोहीत उनको अरु प्रोजेक्टको तयारीमा लागि सकेका छन् । 

रोहीत शेट्टीले फिल्म ‘सिंघम’ को चौथो सिरीज ‘सूर्यवंशी’ मा अभिनेता अक्षय कुमारलाई मुख्य अभिनेताको रुपमा लिइसकेका छन् । निर्देशक रोहीत शेट्टीले उनको नयाँ फिल्ममा अभिनेता सलमान खानलाई कास्ट गर्ने बताइएको छ ।

रोहीत सलमान खानकासाथ फिल्म निर्माण गर्न चाहिरहेका छन् । जसमा उनलाई साजिद नाडियाडवालाले साथ दिनेछन् । रोहीत र साजिदलाई सलमान खानको ‘किक’ फिल्ममा रहेको देवीलाल सिंह ‘डेविल’ को भूमिका मन परेको बताइएको छ । 

भारतीय सञ्चारमाध्यमले बताए अनुसार यो फिल्म एक्शनले भरपुर हुनेछ । अहिले सलमान खान फिल्म ‘भारत’ को छायांकनमा व्यस्त छन । त्यस पछि उनी फिल्म ‘दबंग ३’ को काम सुरु गर्नेछन् ।

रोहीत शेट्टी पनि अहिले फिल्म ‘सूर्यवंशी’ को छायाकंनमा व्यस्त छन् । यि सबै फिल्मको काम सकिए लगत्तै रोहीत र सलमानले नयाँ फिल्मको काम सुरु गर्ने बताइएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया