पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा करिब ४ वर्षपछि मंगलबार हिमपात भएको छ ।
जिल्लाको माथिल्लो क्षेत्र सहित आसपासमा हिपात भएपनि सदरमुकाम सल्लेरी बजारमा भने चार वर्षपछि मगंलबार हिमपात भएको हो । लामो समयपछि हिमपात हुँदा जिल्लामा कार्यरत कर्मचारी,स्थानीय तथा पर्यटकहरुसमेत आजसम्म पनि हिउँ खेल्नमा व्यस्त छन् । अहिले पनि सल्लेरी बजार नै हिउँले ढपक्कै ढाकेको छ ।
हिउँ परेपछि स्थानीय तथा सर्वसाधारण हिउँ खेलेर रमाएका थिए । डाँडाकाँडाहरुको हिउँ हेर्दै रमाएका नागरिकहरु हिउँसगै रम्न पाउँदा आफ्नाे खुशीकाे सीमा नरहेकाे सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले बताउनुभयो ।
सोलुखुम्बुलाई कर्मथलो बनाएका विभिन्न निकायका व्यक्तिहरु मंगलबार हिउँमा फोटो खिच्ने र प्रत्यक्ष खेलेर रमाएको दृश्य सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
हिउँलाई नजिकबाट नियाल्न नपाएका सर्वसाधरणहरु सल्लेरीमा प्रत्यक्ष हिउँसँग रमाउन पाउँदा निकै खुशी भएका छन् । हिउँ परेर चिसो बढे पनि नागरिकहरु भने चिसोको पर्वाह नगरी हिउँमा रमाउन व्यस्त देखिएका छन् ।
कर्मचारीहरुल पनि आफ्नो सामाजिक सञ्जालमा कार्यालय प्राङ्गणमा हिउँ खेलेको दृश्यहरु पोष्ट गरेका छन् । हिमपात भएसँगै यहाँको तापक्रम समेत घटेको छ ।
मंगलबार बिहान सल्लेरीको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियस मापन गरिएको सल्लेरीमा रहेको मौसम अवलोकनकर्ता राधा बस्नेतले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।