एसियन कप फुटबल फाइनल : पहिलो हाफमै जापानविरुद्ध कतारको दुई गोल

 माघ १८, २०७५ शुक्रबार २०:२९:३३ | एजेन्सी
unn.prixa.net

एसियन कप फुटबलको उपाधिका लागि अहिले कतार र जापान भिडिरहेका छन् । यूएईमा जारी प्रतियोगिता अन्तर्गत फाइनलको पहिलो हाफ सकिँदासम्म कतार २–० ले अगाडि रहेको छ ।

आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा जारी खेलमा १२ औं मिनेटमा कतारले जापानविरुद्ध सुरुवाति अग्रता बनाएको थियो । अलमोएज अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा अब्देलअजिज हातिमले गोल गर्दै अग्रता दोब्बर पारे ।

पहिलो हाफमा जापानले बल पोजेशन ५६ प्रतिशत राख्दा पनि गोल भने फर्काउन सकेको छैन । सन् २०२२ को विश्वकप आयोजक मुलुक कतार पहिलो पटक फाइनलमा पुगेको हो । सेमिफाइनलमा घरेलु टोली यूएईलाई ४–० गोलले हराएर कतारले सनसनी मच्चाएको थियो ।

यता जापान भने पाँचौँपल्ट एसियन कपको उपाधि जितेर कीर्तिमान विस्तार गर्न चाहन्छ । सन् २०११ मा चौथो पटक उपाधि जितेको जापान अहिलेसम्म फाइनलमा पराजित भएको छैन ।

विश्वकपबाट बाहिरिएपछि जापान पछिल्लो ११ खेलमा पराजित भएको छैन । त्यस्तै पछिल्ला ६ खेलमा एक गोल पनि नखाएको कतार उत्कृष्ट लयमा छ ।

 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया