शेयर बजार झन्डै २९ अङ्कले बढ्यो
पुस ८, २०८१ सोमबार
ब्राजिलकोे फ्लेमेंगो फुटबल क्लबको युथ ट्रेनिङ सेन्टरमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ ।
आगालागीमा मृत्यु हुने सम्भवत सबै क्लबका खेलाडी नै हुनुपर्ने त्यहाँको स्थानीय मिडियाको अनुमान रहेको छ । उक्त घटनामा तीन जना घाइते भएका छन् ।
आगलागी कसरी भयो भन्ने बारे खुल्न सकेको छैन । स्थानीय समय अनुसार ५ बजेर १० मिनेटमा लागेको आगोलाई नियन्त्रणमा ल्याउन करिब २ घण्टा लागेको थियो । घटनामा मृत्यु हुने प्राय १५ देखि १७ वर्ष उमेर समूहका रहेका छन् ।
ब्राजिलको चर्चित शहर रियाे डे जेनेइराेमा रहेको फ्लेमेंगो क्लब अन्तराष्ट्रिय फुटबलमा समेत चर्चित छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।