प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले बागमतीलाई ४८ रनले हरायाे
चैत ३, २०८१ आइतबार
काठमाडाैं - धरहरा निर्माणका लागि ६ वटा नेपाली र ६ वटा चिनियाँ निर्माण कम्पनीले आवेदन दिएका छन् ।
पुर्ननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि आह्वान गरेको ई–टेण्डरमा ६ वटा नेपाली कम्पनीले आवेदन दिएका हुन् ।
त्यसैगरी ६ वटै चिनियाँ कम्पनीको पनि आदेवन परेको छ । नेपाली र चिनियाँ कम्पनीको संयुक्त साझेदारीमा निर्माण गर्न लागिएको धरहरा निर्माणका लागि संयुक्त लगानीमा निर्माण गर्ने गरी ६/६ वटा नेपाली र चिनियाँ कम्पनीको आवेदन परेको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाको सहसचिव राजुमान मानन्धरले जानकारी दिनुभयो । आवेदन दिएका सबै कम्पनीको मुल्यांकन पछि सम्बन्धित कम्पनिलाई जानकारी गराएर एक सातापछि ई–टेण्डर खोलिने पनि उहाँले जानकारी दिनुभयो ।
लिफ्टसहितको २२ तले धरहरा बनाउनका लागि प्राधिकरणले आह्वान गरेको ई–टेण्डरको समय बिहीबार सकिएको छ । रसुवा, कालिका कन्स्ट्रक्सनले संयुक्त रुपमा दरखास्त हालेका छन् ।
त्यसैगरी आशिष निर्माण, रमण र ब्राउनलगायतका कम्पनीले धरहरा निर्माणका लागि आवेदन दिएका हुन् । प्राधिकरणले असार मसान्तभित्र धरहरा निर्माणका लागि शिलान्यास गर्ने गरि दु्रत गतिमा काम अघि बढाइएको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।