गर्भवती श्रीमतीको हत्या, लाससँग रात बिताएर बिहान गरे आत्मसमर्पण

 माघ २७, २०७५ आइतबार १४:५०:३४ | एजेन्सी
unn.prixa.net

रिसको आवेगमा आएर मान्छेले कतिसम्म गर्दा रहेछन् । त्यस्तै रिसको झाेँकमा एक जनाले आफ्नी गर्भवती श्रीमतीको हत्या गरेका छन् । तर अचम्म लाग्ने कुरा के भने, उनी त्यो रातभर घाँटी रेटिएकी आफ्नी श्रीमतीसँगै सुते र बिहानै प्रहरीमा गएर आत्मसमर्पण गरे ।

यो घटना भारतकाे महाराष्ट्र प्रदेशको उस्मानाबाद भन्ने ठाउँको हो । प्रहरीका अनुसार विनोद धानसिंह पवार नाम गरेका ती व्यक्ति ओमरेगा तहसीलमा बस्छन् ।

बिहीबार सामान्य कुरामा आफ्नी श्रीमती प्रियंका राठोरसँग विवाद भएपछि उनले यो घटना निम्त्याएको हुनसक्ने प्रहरीले बताएका छन् ।  

प्रियंका तुलजापुरमा नर्सको काम गर्थिन् । विनोद बोरवेल कमिशनमा एजेण्टको काम गर्थे । उनीहरुको विवाह भएको नौ महिना मात्र भएको थियो । प्रियंका पाँच महिनाकी गर्भवती थिइन् । मुरुम प्रहरी स्टेशनका एक अधिकारीले बताएअनुसार हत्या गरेपछि विनोद रातभर शवसँगै सुते र शुक्रबार बिहान आत्मसमर्पण गर्न प्रहरी थानामा पुगेका थिए । उनले त्यहाँ आफूले अपराध गरेको कुरा स्वीकारेका थिए ।

प्रियंकाको परिवारले विनोद उनीसँग पैसाको लागि झगडा गर्ने गरेको बताएका छन् । पछिल्लो समय पैसाको माग गर्दै उनीसँग विवाद गरिरहेको उनको परिवारले आरोप लगाएको छ । प्रहरी यस विषयमा अनुसन्धान गरिरहेको छ ।

 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया