भारतविरुद्धको टी–२० शृङ्खला न्यूजिल्याण्डले २–१ ले जित्यो

 माघ २७, २०७५ आइतबार १६:२७:१० | एजेन्सी
unn.prixa.net

भारतविरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा न्यूजिल्याण्ड चार रनले विजयी भएको छ । जितसँगै न्यूजिल्याण्डले तीन खेलको श्रृखंला दुई–एकले जितेको छ ।

ह्यामिल्टनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय १२ रन बनायो । उसका लागि कोलिन मुन्रोले ७२ रन बनाए भने टिम सेइफर्टले ४३ तथा ग्राण्डहोमीले ३० रन बनाए । यस्तै कप्तान केन विलियम्सनले २७ र रोस टेलरले १४ रनको योगदान गरे । 

बलिङमा भारतका कुलदीप यादवले दुई विकेट लिए ।

जवाफमा भारत २० ओभरमा ६ विकेट गुमाउँदा २०८ रनमा रोकियो । अन्तिम ओभरमा भारतलाई जितका लागि १६ रन चाहिएको थियो । तर एउटा ठूलो हिट नलाग्दा भारत जितबाट विमूख भयो । अन्तिम बलमा छक्का प्रहार गरे पनि त्यसअघिका बलमा बिग हिट नलाग्दा भारत पराजित भयो । 

खराब सुरुवात गरे पनि एक समय भारत बलियो स्थितिमा पुगेको थियो । ६ रनमा पहिलो विकेट गुमाएको भारतले ८१ रन बनाउँदा दुई विकेट खेर फालेको थियो । त्यसपछि एकसय ४५ रन बनाउँदा उसको ६ विकेट खेर गयो । 

भारतका लागि कप्तान रोहित शर्माले ३८, विजय शंकरले ४३ तथा ऋषभ पन्तले २८ रन बनाए । 

यस्तै हार्दिक पाण्ड्याले २१ रनको योगदान गरे । यस्तै दिनेश कार्तिकले अविजित ३३ तथा क्रुनाल पाण्डेले २६ रन बनाए पनि टिमलाई हारबाट बचाउन  भने सकेनन् ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया