लोप हुँदै किरा फट्याङ्ग्रा, ४० प्रतिशतले घटिरहेको अध्ययनको निष्कर्ष

 माघ २९, २०७५ मंगलबार १२:३१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

संसारका ४० प्रतिशत किराहरुको संख्या नाटकीय रुपमा घटिरहेको एक अध्ययनले देखाएको छ । माहुरी, कमिला, पुतलीलगायतका किराहरु अन्य स्तनधारी जीव तथा सरीसृपको तुलनामा आठ गुणाको दरले घट्दै गएको अध्ययनले देखाएको बीबीसीले जनाएको छ ।

१३ वर्षमा संसारका विभिन्न ठाउँमा प्रकाशित ७३ वटा रिपोर्टको समीक्षामा झिंगा, साङ्ला लगायतका केही प्रजातिका किराहरुको संख्या भने बढ्ने सम्भावना रहेको अध्ययनको निष्कर्ष छ । यस्ता किरा–फट्याङ्ग्राको संख्यामा कमी आउनुको मुख्य कारण किसानले खेतबारीमा प्रयोग गर्ने कीटनाशक औषधि र जलवायु परिवर्तन भएको अनुसन्धानकर्ताको निष्कर्ष छ । 

किराहरु लोप हुने कारणमध्ये बासस्थानको अभाव, शहरीकरण खेतीपाती र वन फँडानी भएको सिड्नी विश्वविद्यालयका मुख्य लेखक डाक्टर फैसिस्को सैंशेजले बताएका छन् ।  विशेषगरी औद्योगिक विकास भएका देशहरुमा यस किसिमका किरा फट्याङ्ग्रा अत्यधिक मात्रामा घटिरहेका छन् । 

बायोलोजिकल कञ्जर्वेसन नामक जर्नलमा प्रकाशित रिपोर्टमा १३ वर्षमा किरा फट्याङ्ग्रासँग सम्बन्धित संसारका विभिन्न ठाउँका ७३ वटा प्रतिवेदनको  समीक्षा गरिएको थियो । यसै अनुरुप अनुसन्धानकर्ताहरुले एक तिहाई किरा फट्याङ्ग्राको प्रजाति लोप हुने खतरामा रहेको बताएका छन् । 


 

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया