काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
चितवन – आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने उदाहरण यहाँका एक युवाले दिएका छन् । दुई वर्ष कतार बसेर आठ वर्षअघि नेपाल फर्किएका पश्चिम चितवनको पार्वतीपुरका रामप्रसाद सिग्देल सीप सिकेर स्वरोजगार हुनुभएको छ । उहाँले आठ जनालाई रोजगारी पनि दिनुभएको छ ।
कतारको बसाईपछि उहाँ विदेशको तापमा भन्दा नेपालमानै सीप सिकेर केही गर्न सकिन्छ भन्ने लागेपछि उहाँ घर फर्किनुभएको थियो । सिग्देल भन्नुहुन्छ ‘साधारण तालिम यहीँ लिएँ अनि डिप्लोमा स्तरको तालिम काठमाडौँमा लिएँ ।’
तालिमपछि घर फर्किएर उहाँले व्यवसाय सुरु गर्नुभयो । भरतपुरको चौबिसकोठीमा कोठा भाडामा लिएर पपुलर युनिसेक्स सैलुन उहाँले शुरु गर्नुभयो । उहाँकी श्रीमतीले पनि ब्युटिपार्लरको तालिम लिनुभएको थियो त्यसैले श्रीमतीले पनि ब्युटिपार्लर सुरु गर्नुभयो । झण्डै तीन लाख रुपैयाँ लगानी गरेको सैलुनबाट उहाँहरुले एक महिनामा एक लाख रुपैयाँसम्म बचाउन थाल्नुभयो ।
पाँच वर्षपछि अहिले उहाँले सैलुनलाई बढाउनुभएको छ । लगानीसँगै कमाई पनि बढेपछि सिग्देल खुशी हुँदै भन्नुहुन्छ ‘सजावटमा मात्र २० लाख खर्च गरेको छु । लगानीसँगै कमाई पनि बढेको छ । म खुशी नै छु ।’
व्यवसाय शुरु गरेसँगै आफन्तलाई सीप सिकाउने र काम लगाउने गर्न थालेको सिग्देलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।