पर्यटकीय पदमार्ग निर्माणका लागि साढे एक करोड लगानी

 फागुन १३, २०७५ सोमबार २०:३२:४१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – खुम्बु पासाङ ल्हामू गाउँपालिकाले मेरापिक पर्यटकीय पदमार्ग निर्माणका लागि झण्डै साढे १ करोड लगानी गरेको छ । 

गाउँपालिकाले विभिन्न चरणमा गरी हालसम्म १ करोड ४३ लाख रुपैयाँ लगानी गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार खरिखोलादेखि पाङगोम सम्मको झण्डै ४ किलोमिटर पदमार्ग निर्माणका लागि त्यति रकम खर्च गरिएको हो । 

मेरापिक ट्रेकिङ ट्रे अन्तर्गत खुम्बु पासाङ ल्हामू, माप्या दूधकोशी र महाकुलुङ गाउँपालिकाको क्षेत्र पर्ने भएकाले पदमार्ग निर्माणमा पनि तीनै वटा गाउँपालिकाले लगानी गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया