फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु

 फागुन १९, २०७५ आइतबार १२:५१:५२ | सुमन गुरुङ

कास्की – पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खसेर दुर्घटना हुँदा घाइते रोमानियाली पर्यटकको ज्यान गएको छ । 

ज्यान गुमाउनेमा अन्दाजी ४२ वर्षका रोमानियाका इद सिस जेर रहेको प्रहरीले जानकारी दिएको छ । 

आइतबार सराङकोटबाट बिहान ११ बजेतिर उडेको प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा हावाको वेगसँग तालमेल मिलाउन नसक्दा ११ बजेर २० मिनेट जाँदा तालमा खसेको थियो ।

तालमा खसेपछि शसस्त्रको उद्धार टोलीले र स्थनीय डुङ्गा व्यवसायीले उद्धार गरेर मेट्रोसिटी हस्पिटलमा पुर्‍याएका थिए । उनको आकस्मिक कक्षमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया