अवैध १० जना नेपाली आप्रवासी लिएर अमेरिकी जहाज आज काठमाण्डौ ...
फागुन २१, २०८१ बुधबार
शक्तिशाली तुफान (टोर्नाडो)का कारण अमेरिकामा कम्तीमा २३ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाे छ ।
साेमबार बिहान संयुक्त राज्य अमेरिकाकाे अलाबामा राज्यमा पर्ने ली काउन्टीमा टोर्नाडोका कारण केही बालबालिकासहित कम्तीमा २३ जनाको ज्यान गएको र सङ्ख्या अझै बढ्न सक्ने बीबीसीले बताएकाे छ ।
कयौँ घर तथा भवन भत्किएका छन् । अहिले अधिकारीहरुले त्यो क्षेत्रमा जान निषेध गरेका छन् । त्यहाँका राष्ट्रिय माैसम विभागले बताए अनुसार टोर्नाडो करिब एक किलोमिटर फराकिलाे बाटो बनाउँदै १ सय ६५ माइल प्रति घण्टाको रफ्तारमा चलेको थियो ।
— NWS Birmingham (@NWSBirmingham) March 4, 2019
अधिकारीहरुले बताए अनुसार घाइतेहरुको पहिचान भइरहेको छ । ली कन्टीका स्थानीयले अहिलेसम्मकै शक्तिशाली तुफान भएको बताएका छन् ।
उद्धारकहरु अहिले पनि कतिपय क्षेत्रमा उद्धारको लागि खटिरहेका छन् । अल्बामा मेडिकल केन्द्रले बताए अनुसार ४० जना घाइतेहरुको उपचार भइरहेको छ र अझै सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
टाेर्नाडो पछि त्यहाँ एकदमै चिसो मौसम सुरु हुने र त्यसले त्यहाँका पानीका स्रोतहरु पनि जम्ने बताइएको छ ।
राष्ट्रिय मौसम निकायले निकै शक्तिशाली आँधीले अलाबामा करिब एक किलोमिटरको क्षेत्रमा व्यापक क्षति गर्न सक्ने पूर्वानुमान गरेको थियो ।
आइतबार अपराह्न आँधी आएलगत्तै आपतकालीन उद्धारकर्मीहरु खोज तथा उद्धारका लागि परिचालन गरिएका थिए । उक्त आँधी जर्जिया, दक्षिण क्यारोलिना र फ्लोरिडा राज्यतर्फ पनि फैलिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।