पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, एकजना रसियन नागरिकको मृत्यु

 फागुन २१, २०७५ मंगलबार १३:२२:४९ | सुमन गुरुङ
unn.prixa.net

फाइल तस्बिर

कास्की – पोखरामा मंगलबार सराङकोटमा प्याराग्लाइडिङ खसेर एकजनाको ज्यान गएको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ डाडाँबाट केही तल खस्दा रसियाका अन्दाजी ४५ वर्षका डिमी डिभिलको ज्यान गएको हो ।

घाइते अवस्थामा रहेका उनलाई अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गएको बैदाम प्रहरी प्रमुख डीएसपी कोमल शाहले जानकारी दिनुभयो । आफुखुशी प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको प्रहरीले जनाएको छ ।

पोखरामा आइतबार मात्र ४२ वर्षीय रोमानियाका इद सिस जरको प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा हावाको वेगसँग तालमेल मिलाउन नसक्दा फेवातालमा खसेर ज्यान गएको थियो । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया