च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - नेकपाका नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलबार निधन भएको छ ।
हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिनुभयो ।
विसं २०४८ को निर्वाचनमा उहाँ नुवाकोट–२ बाट तत्कालीन नेकपा ९एमाले०बाट निर्वाचित हुनुभएको थियो । विसं २०५६ को निर्वाचनमा उहाँ नुवाकोटबाट तत्कालीन नेकपा ९माले०बाट उम्मेदवार बन्नुभएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहनु भएका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा पर्नुभएको थियो । त्यसपछि उहाँ झण्डै आठ महिना प्रहरी हिरासतमा उहाँ रहनुभएको थियो ।
तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यमा समेत उहाँ नुवाकोटबाट उम्मेवार बन्नुभएको थियो । काठमाण्डाैकाे बसुन्धरामा बस्दै आउनुभएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती रहनुहुन्छ । पछिल्लो समय उहाँ पार्टीमा निष्क्रिय रहनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।