च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको त्यहाँकाे अर्थ मन्त्रालयले बिहीबार जनाएको छ ।
खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध विच्छेद गरे पनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ ।
'कतारले अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता हासिल गरेको छ, र तीन पटक जारी गरिएको ऋणपत्रबाट १२ अर्ब डलर प्राप्त भएको छ', मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ऋणपत्रका लागि ५० अर्ब डलरभन्दा बढीको आवेदन प्राप्त भएको पनि स्पष्ट गरेको छ ।
हाल साउदी अरेबियाको अग्रसरताको खाडी राष्ट्रहरुको गठबन्धनले कतारलाई सन् २०१७ देखि आर्थिक तथा राजनीतिक रुपमा एक्ल्याउने प्रयत्न गरेको छ ।
यो गठबन्धनमा संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले पनि समावेश छन् । कतारमाथि आतङ्कवादी सङ्गठनहरुलाई सघाएको तथा साउदी अरबको विपक्षमा रहेको इरानलाई सहयोग गरेको आरोप छ ।
दोहाले भने त्याे आरोपहरु अस्वीकार गरेको छ । सत्ता परिवर्तन गर्न चाहने तत्वको उक्साहटमा कतारलाई एक्ल्याउने प्रयत्न भएको कतारको भनाइ छ ।
सन् २०१८ मा पनि ग्यासको धनी राष्ट्र कतारले १२ अर्ब डलरको ऋणपत्र बिक्री गरेको थियो । गएकाे वर्ष कतारको तुलनामा साउदी अरेबियाले ११ अर्ब डलरको ऋणपत्र मात्र बिक्री गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।