वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
कैलाली - कैलालीमा बिहीबारदेखि टुर डे फारवेष्ट नाम दिइएको साइकल यात्रा सुरु भएको छ ।
साइकल यात्रामा सहभागिता जनाउन आएका विश्व साइकल यात्री पुष्कर शाहले सुदूरपश्चिममा साइकल यात्राको माध्यमले पनि आन्तरिक पर्यटकहरु भित्र्याउन सकिने बताउनुभयो ।
उहाँले साइकल यात्राले विभिन्न जिल्लाका साइकल यात्रीबीच एकताको भावना जगाएको अभिव्यक्ति दिँदै सुदूरपश्चिम सुदूर नभएर सुन्दर भएको बताउनुभयो ।
सुदूरपश्चिमलाई साइकल पर्यटनको रुपमा विकास गर्न र नेपाल पर्यटन वर्ष २०२० लाई सहगोग पुर्याउन बिहीबारदेखि साइकल यात्रा सुरु भएको हो ।
यसैे क्रममा फागुन २३ गते धनगढीका पर्यटकीय स्थल फिस रिसोर्ट, जाखौर ताल, शिवपुरी धाम लगायतको अवलोकन गरिएको छ ।
फागुन २४ गते बिहान धनगढी रंगशालाबाट साइकल यात्राको औपचारिक सुरुवात गरिने युथ स्पोर्टस क्लब धनगढी अध्यक्ष सुरेन्द्र शाहीले जानकारी दिनुभयो ।
तीन दिने साइकल यात्राले सुदूरपश्चिमका पर्यटकीय स्थलको प्रचारप्रसारमा महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाइ छ ।
नेपाल पर्यटन वर्ष २०२० लाई मध्यनगर गर्दै सुदूरपश्चिममा दुईदिने साइकल यात्रा सञ्चालन गर्न लागेको सुदूरपश्चिम साइकल यात्रा २०७५ का संयोजक टेकराज पनेरुले बताउनुभयो ।
सुदूरपश्चिममा पर्यटकीय सम्भावना बोकेका ठाउँहरुको प्रचारप्रसारका लागि साइकल यात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
साइकल यात्रामा कैलाली सहित नेपालका अन्य जिल्लाका व्यक्तिहरुको पनि सहभागिता रहेको छ ।
साइकल यात्रीको खान, बस्नदेखि लिएर सुरक्षाको जिम्मेवारी युथ स्पोर्टस क्लब धनगढीले लिएको आयोजक टिमका भरत शाही बताउनुहुन्छ ।