बैतडीका ९ वटा स्थानीय तहका केन्द्रमा प्रहरी चौकी स्थापना

 फागुन २५, २०७५ शनिबार १७:८:४६ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीका स्थानीय तहका केन्द्रहरुमा प्रहरीले चौकी स्थापना गर्ने कार्यलाई तीव्रता दिएको छ । 

सिगास गाउँपालिकाको केन्द्र गर्जेबाहेक सबै स्थानीय तहका केन्द्रमा प्रहरीचौकी स्थापना भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । 

स्थानीय तह भएपछि पञ्चेश्वर, शिवनाथ र सुर्नया गाउँपालिकाका केन्द्रमा प्रहरीचौकी स्थापना गरिएका उहाँले जानकारी दिनुभयो । 
सिगास गाउँपालिकाको केन्द्र गर्जेमा पनि अस्थायी प्रहरीचौकी स्थापनाका लागि जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयमा लेखी पठाएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो । 

स्थानीय तहमा शान्ति सुरक्षा स्थापनाका लागि तहका केन्द्रहरुमा प्रहरी चौकी स्थापना गरिएका उहाँले बताउनुभयो । 

६ ओटा तहका केन्द्रमा भने तह सञ्चालनमा आउनुअघि नै प्रहरीचौकी रहेका थिए । स्थानीय तहका केन्द्रमा प्रहरीचौकी स्थापनाले शान्ति सुरक्षामा सहयोग पुग्ने सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया