कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा मोटरेबल पुल नौ वर्षसम्म अधुरै
चैत ३, २०८१ आइतबार
पाँचथर – सडक निर्माणमा प्रयोग गर्नका लागि खरिद गरिएको डिजेलको ड्रममा पानी मिसावट भएको पाइएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका र कुम्मायक गाउँपालिका जोड्ने उत्तरे–यासोक सडक खण्ड ‘ख’ को स्तरोन्नतीको काममा प्रयोग गरिएको डिजेलमा पानी मिसावट भएको पाइएको हो ।
सडक स्तरोन्नतीमा प्रयोग गरिएको स्काभेटर केही दिनदेखि आफैं स्लो हुने समस्या देखिएपछि फिल्टर प्रयोग गरी डिजेलको ड्रम जाँच गर्दा पानी भेटिएको उपभोक्ता समितिका सदस्य बीर्जहाङ आङदेम्बेले बताउँनुभयो । समितिले डिजेल फाल्गुनन्द गाउँपालिका–६, मेहेलबोटेका खगेन्द्र रिजालमार्फत खरिद गरेको थियो ।
अहिलेसम्ममा १७ ड्रम डिजेल प्रयोग गरिएको सदस्य आङदेम्बेको भनाई रहेको छ । एक्साभेटरमा खराबी देखिएपछि शंका लागि पानी र तेल छुट्याउने वाटरसेक्रेटर फिल्टर प्रयोग गरी जाँच गर्दा झण्डै २० प्रतिशत पानी भेटिएको एक्साभेटर चालक मनोज लिम्बुले बताउँनुभयो । यता डिजेल उपलब्ध गराउने रिजालले भने आफूले झापाको गणेश पेट्रोल पम्पदेखि डिजेल ल्याएको र नयाँ धोइएको ड्रममा थोरै पानी हुनसक्ने प्रतिक्रिया दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।