ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
दिल्लीकी सांसद अल्का लाम्बाले नेपाल र नेपालीबारे दिएको विवादित अभिव्यक्तिका लागि माफी मागेकी छिन् ।
मंगलबार बिहान गरेको ट्वीटको निकै नै विवाद र आलोचना भएपछि लाम्बाले हटाएकी हुन् । उनले माफी माग्दै लेखेकी छिन्, ‘मेरो एउटा ट्वीटबाट नेपालीहरुलाई दुःख लागेको थाहा भएको छ । म यसका लागि छिमेकी देश नेपालका नागरिकसँग माफी चाहन्छु । मेरो उद्धेश्य कसैको मन दुखाउनु थिएन । मैले तपाईँहरुको भावनाको कदर गर्दै ट्वीट हटाएकी छु । गड ब्लेस इन्डिया–नेपाल फ्रेन्डसिप ।’
पता चला है कि मेरे एक ट्वीट से नेपाल के लोगों को दुःखद पहुँचा है,मैं इसके लिये अपने पड़ोसी देश नेपाल के लोगों से खेद व्यक्त करती हूँ, मेरी मंशा बिल्कुल भी किसी का दिल दुखाने की नही थी।
— Alka Lamba (@LambaAlka) 12 March 2019
मैंने आपकी भावनाओं का ध्यान रखते हुए ट्वीट को हटा दिया है।
God bless #IndiaNepal friendship.
आम आदमी पार्टीकी नेतृ तथा दिल्ली विधानसभा सदस्य अल्का लाम्बाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दा नेपाल र नेपाली नागरिकप्रति आपत्तिजनक अभिव्यक्ति दिएकी थिइन् । उनले ट्विटरमा मोदीलाई कटाक्ष गर्दै लेखेकी थिइन्, ‘प्रिय, भारतवासी, यो पटक प्रधानमन्त्री नै चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न सभामा आफू भारतको चौकीदार भएको बताउँदै आफूले चोरी नगर्ने अभिव्यक्ति दिएका थिए ।
मोदीको यो अभिव्यक्तिलाई भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीप्रति लक्षित गर्दै ‘देशको चौकीदार चोर’ भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निरव मोदीलगायतका व्यापारीलाई भारतबाहिर भगाउन सहयोग गरेको भन्दै आलोचना गर्दै आएका छन् ।
दिल्लीकी सांसद अल्का लाम्बाले दिइन् नेपाल र नेपालीप्रति विवादित अभिव्यक्ति !
अल्का लाम्बा लामो समय भारतीय कांग्रेसको विभिन्न पदमा रहेर राजनीतिमा सक्रिय रहेकी थिइन् । उनी सन् २०१४ मा कांग्रेस परित्याग गरी आम आदमी पार्टीमा आवद्ध भएकी थिइन् । सन् २०१५ मा भएको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीका तर्फबाट चाँदनी चोक सिटबाट निर्वाचित भएकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
@ido
March 12, 2019, 3:51 p.m.हामी नेपाली चौकिदार मतलब गोर्खा रेजिमेन्ट भारत मा चाहे बेलायत मा एक हिसाबले चौकिदार नै हो ! तर यो बिसयमा बोल्या हुन् केहि दिन अघि भारतीय प्रम ले मै तो चौकिदार हु भन्दै भासण गर्या थे । यहि विषय लाई लिएर उनले आफ्नो प्रम भन्दा सौ गुणा ईमानदार बहादुर नेपालको चौकिदार हुन्छन् । नझुक्किनु होला भारत जनता भन्दौ सचेत गराया हुन् उनि !!