पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
महोत्तरी – मधेशको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमाको मानवसागर बुधबार ८ औँ दिन महोत्तरीको कञ्चनवन आइपुगेको छ ।
धनुषाको कचुरीमा रहेको मिथिला बिहारी (राम) को डोलाको नेतृत्व गर्दै धार्मिक झाँकी, भजनकीर्तनसहितको टोली बुधबार बिहान भंगहा नगरपालिकामा पर्ने कञ्चनवन पुगेकाे हाे ।
कञ्चनवन प्रवेश गरेका श्रद्धालुलाई भंगहा नगरपालिकाका मेयर संजिवकुमार साह तथा जनप्रतिनिधीहरुले रंग, अविर, फूलमाला लगाएर भव्य स्वागत गरेका छन् । त्रेतायुगमा सीता र भगवान रामले रंग खेलि होली मनाएको धार्मिक विश्वास रहेको छ ।
यहाँ आउने श्रद्धालुहरुले एक–अर्कालाई रंग, अविर लगाएर होलीको शुभारम्भ गर्ने धार्मिक एवम् पौराणिक परम्परा रहेको मिथिला बिहारी डोलाका महन्थ राम नरेश दासले जानकारी गराउनुभयो । कञ्चनवनमा विहार मन्दिर, अग्निकुण्ड रहेको छ भने यहाँ रहेको आँपको बगैंचाले कञ्चनवनको सौन्दर्यता बढाएको छ ।
कञ्चनवनमा परिक्रमा यात्रीको लागि निःशुुल्क स्वास्थ्य शिविर, बिजुली, पानी, दाउरा र वासको साथै श्रद्धालु सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी समेतको व्यवस्था गरिएको नगर प्रमुख सञ्जिव कुमार साहले जानकारी दिनुभयो ।
वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट शुरू हुने यो महाकुम्भ १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ । कञ्चनवनमा परिक्रमा यात्रीको लागि परिवार, कुटुम्ब, इष्टमित्रले भोजन लिएर जाने गरेको चलन रहेको छ । घरमा भोजनको विभिन्न परिकार बनाएर आफ्नो परिवारका सदस्य महोत्तरीको कञ्चनवन पुग्ने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।