खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
कैलाली - मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटमा सुदूरपश्चिमको महिला टिमले ऐतिहासिक जित हात पारेको छ ।
बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई ४ रनमा अलआउट गर्दै सुदूरपश्चिमको महिला टिमले ऐतिहासिक जित हात पारेको हो । टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित १५ ओभरमा २ सय ३१ रन बनायो । २ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४ रनमै अलआउट भएको हो ।
कर्णाली प्रदेशका लागि लक्ष्मी पुरीले १ रन बनाइन् भने ३ रन अतिरिक्त पाएको थियो ।
दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ७ विकेटले हराएको छ । प्रदेश नम्बर ५ ले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटकाे क्षतिमा १०७ रन बनायो । १०८ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर १ ले निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो ।
पुरुष क्रिकेटमा पनि सुदुरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८ विकेटले हराउँदै सुदुरपश्चिमले विजयी सुरुवात गरेको हो । टस जितेर पहिले व्याटिङ गर्दै कर्णालीले २० ओभरमा ९ विकेट क्षतिमा ९४ रन बनायो । ९५ रनको विजय लक्ष्य सुदुरपश्चिमले १४ दशमलव १ ओभरमा २ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।
पुरुष क्रिकेटमै आज भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ५ रनले हराएको छ । फाप्ला मैदानमा टस जितेर पहिले व्याटिङ गर्दै प्रदेश नम्बर १ ले २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो । ११६ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर ५ ले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा ११० रन मात्रै बनाउन सक्यो ।
पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज भएका खेलमा प्रदेश नम्बर २ र प्रदेश नम्बर १ विजयी भएका छन् । धनगढी रंगशालामा भएको दोस्रो खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई ३–१ ले हरायो । प्रदेश नम्बर २ का लागि रितीक खड्काले दुई र गंगावहादुर आलेले एक गोल गरे । खड्काले ८ मिनेट र ७६ मिनेटमा गोल गरेका हुन् ।
आलेले १३ मिनेटमा एक गोल गरेका हुन् । गण्डकीका लागि अजिज मियाले एक गोल फर्काए । उनले ६९ औं मिनेटमा गोल गरेका हुन् । आजको पहिलो खेलमा भने प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई १–० ले गोल गरे । प्रदेश १ का लागि विदुर रिजालले एक मात्रै निर्णायक गोल गरे । खेलको ६५ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।