मुग्लिन–नारायणगढ सडकमा फेरि पहिरो, चार किलो र कालीखोलामा जोखिम धेरै

 असार १२, २०७५ मंगलबार ७:१०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मुग्लिन नारायणगढ सडकखण्ड फेरि अबरुद्ध भएको छ । चारकिलो र कालीखोला नजिकै गएको पहिरोका कारण सडकखण्ड अबरुद्ध भएको हो । विहान ५ बजेतिर खसेको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउन तीन–चार घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ । 

चारकिलोबाट मुग्लिनसम्म चार किलोमिटर गाडीको जाम छ । यस्तै पहिरोदेखि नारायणगढसम्म पनि गाडीको लाम लागेको छ ।  बाटो विस्तारका क्रममा काटिएको पहाड र भित्तोबाट पहिरो खस्दा यो खण्डमा यात्रा जोखिमयुक्त बन्दै गएको छ ।  अध्ययन प्रतिवेदनले यो खण्डलाई जोखिमयुक्त क्षेत्रको सूचीमा पनि राखेको छ ।

काठमाडौं जोड्ने मुख्य यो सडकखण्डमा दैनिक हजारौँ यात्रुले ओहोरदोहोर गर्छन् । तर उनीहरुको यात्रा सहज भने कहिल्यै हुँदैन । यात्रुसँगै यो खण्डमा गाडी चलाउने चालकहरु पनि बाटोकै कारण हैरान भएका छन् । सामान्य वर्षा हुँदा पहिरो जाने भए पछि यात्रा खतरापूर्ण बन्दै छ । पहिरो र बाटो विस्तारका कारण हरेक दिन यो खण्डमा लामो जाम हुने गरेको छ । हिजो पनि यो खण्डमा पहिरो जाँदा घण्टौसम्म जाम भएको थियो । 
 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया