अघिल्लो चरणमा प्रवेश गर्ने झिनो आशासहित पेरुविरुद्ध उत्रँदै अष्ट्रेलिया

 असार १२, २०७५ मंगलबार १३:५०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

रुसमा जारी विश्वकप फुटबलमा पेरुको यात्रा सुखद रहेन । समूह सीमा रहेको पेरु यसअघिका दुई खेलमा पराजित भएपछि विश्वकपबाट बाहिरिएको छ ।
 
सोचीस्थित फिष्ट रंगशालामा अष्ट्रेलियाविरुद्ध उत्रँदा पेरु प्रतिष्ठाका लागि खेल्दैछ । तर, अष्ट्रेलियाका लागि भने यो खेल महत्वपूर्ण यस कारण पनि हुनेछ कि उसको विश्वकप नकआउट चरणको सम्भावना पेरुविरुद्धको जितले कायम राख्नेछ ।
 
डेनमार्क फ्रान्ससँग पराजित हुँदा र अष्ट्रेलियाले पेरुलाई ठूलो गोलअन्तरमा हराउँदा अष्ट्रेलियाले ऐतिहासिक अन्तिम १६ को यात्रा तय गर्नेछ । तर, त्यो सम्भावना निकै न्यून छ ।
 
समूह चरणको पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलियाले दोस्रो खेलमा डेनमार्कसँग बराबरी खेलेको थियो । उसको समूहमा १ अंक छ भने डेनमार्कको ४ र फ्रान्सको ६ अंक छ ।
 
यता पेरुले भने पहिलो खेलमा डेनमार्क र दोस्रो खेलमा फ्रान्ससँग पराजित भएको थियो । विश्वकप छनोटको प्लेअफमा न्यूजिल्याण्डलाई हराएर रुस यात्रा गरेको दक्षिण अमेरिकी टोलीको प्रदर्शन अपेक्षाकृत हुन सकेन ।

म्याच फ्याक्ट्स

– पेरु र अष्ट्रेलिया पहिलो पटक भिड्न लागेका हुन् ।
 
– अष्ट्रेलियाले विश्वकपमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वीविरुद्ध खेलेका अहिलेसम्मका ३ खेलमा जित हात पार्न सकेको छैन ।
 
– अष्ट्रेलियाले विश्वकपको आफ्नो पछिल्ला १५ खेलमा एउटामात्र जित हासिल गरेको छ । सन् १९७४ मा चिलीसँग गोलरहित बराबरी खेलेको अष्ट्रेलियाले हरु सबै खेलमा कम्तीमा १ गोल खाएको छ ।
 
– पेरुका खेलाडीले जारी विश्वकपमा २७ शट प्रहार गर्दा गोल गर्न सकेको छैन ।

अन्तिम अपडेट: चैत २३, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया