सेती अञ्चल अस्पतालमा सुत्केरीको ज्यान गयाे: आफन्तले गराए धनगढी बजार बन्द

 चैत ८, २०७५ शुक्रबार १५:०:८ | निर्मला खडायत
unn.prixa.net

फाइल तस्बिर

कैलाली - चिकित्सकको लापरवाहीले सेती अञ्चल अस्पतालमा सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले धनगढी बजार बन्द गराएका छन् ।

सुत्केरी बेथा लागेपछि चैत्र ४ गते अस्पताल भर्ना गरिएकी धनगढी उपमहानगरपालिका वडा नम्बर-१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार ज्यान गएको थियो।

बिहीबार रातिदेखि नै अस्पताल घेराउ गरिरहेका उनीहरुले चिकित्सकलाई कारबाही हुनुपर्ने माग गर्दै धनगढीको मुख्य सडक ठप्प पारेर नाराबाजी गरिरहेका छन् ।

सेती अञ्चल अस्पतालबाट थप उपचारका लागि कोहलपुर लैजाने क्रममा गर्भवती रेखाको बाटोमै मृत्यु भएको थियो। मृतकका आफन्त र अस्पताल प्रशासनबीच बैठक बसे पनि कुनै सहमति हुन सकेन ।

अन्तिम अपडेट: चैत १६, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया