खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
बलिउड फिल्म उद्योगका लागि वर्ष २०१८ विवाहको वर्ष झैँ भयो । अभिनेत्री सोनम कपूरले आनन्द आहुजाका साथ, अभिनेत्री दीपिका पादुकोणले रणवीर सिंहका साथ, अभिनेत्री प्रियंका चोपडाले निक जोनससँग विवाह गरेकी थिइन् ।
अब वर्ष २०१९ मा पनि बलिउडका अभिनेता तथा अभिनेत्रीहरुको विवाहका खबरहरुले बलिउड तातेको छ । यसैबीच अहिले अभिनेत्री श्रद्धा कपूरले पनि अबको एक वर्ष भित्रै विवाह गर्न सक्ने खबर सार्वजनिक भएको छ ।
खबरहरुका अनुसार अभिनेत्री श्रद्धा कपूरले बलिउडका सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठका साथ विवाह गर्न सक्ने बताइएको छ । अहिलेका बलिउडका सेलिब्रेटी फेटोग्राफर रोहन श्रेष्ठ नेपाली मूलका हुन् ।
रोहन बलिउडकै चर्चित फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । रोहनका पिता नेपालका भए पनि रोहनको जन्म भने भारतको मुम्बईमै भएको थियो । तसर्थ श्रद्धा र रोहनबीचको चिनचान वर्षौंअघि भएकाे थियो ।
वर्षौंदेखिको चिनजान भए पनि श्रद्धा र रोहनले करिब १ वर्ष देखि एकअर्कालाई डेट गरिरहेका छन् । श्रद्धा कपूर तीनै रोहन श्रेष्ठका साथ विवाह बन्धनमा जाेडिन खाेजिरहेकी छिन् ।
श्रद्धा कपूरका परिवार तथा बुवा शक्ति कपूर पनि श्रद्धा र रोहनबीचको सम्बन्धबारे खुशि छन् । साथै श्रद्धा कपूरलाई रोहनसँगको सम्बन्धमा अगाडि बढ्न भनिरहेका छन् । बुवा शक्ति कपूरको सल्लाहबमोजिम श्रद्धाले रोहनका साथ यस विषयमा कुराकानी गरेकी छिन् । तसर्थ श्रद्धा र रोहनले अबको एक वर्षभित्रै विवाह गर्न सक्ने बताइएको छ ।
रोहनभन्दा अघि अभिनेत्री श्रद्धा कपूर अभिनेता फरहान अख्तरलाई डेट गरिरहेकी थिइन । तर श्रद्धाको परिवार त्यो सम्बन्धलाई लिएर खुशी नभएपछि यी दुवैबीच ब्रेकअप भएको थियो । अहिले फरहान अख्तर शिवानी डान्डेकरलाई डेट गरिरहेका छन् । फरहान र शिवानीले पनि यस वर्षकै अप्रिल वा मेभित्र विवाह गर्न सक्ने खबरहरु सार्वजनिक भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।