जोगियो पेरुको प्रतिष्ठा, अष्ट्रेलिया जितविहीन हुँदै घर फर्कियो

 असार १२, २०७५ मंगलबार २२:५६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपबाट यसअघि नै बाहिरिइसकेको दक्षिण आमेरिकी टोली पेरुले भने अन्तिम खेलमा एसियाली प्रतिस्पर्धी अष्ट्रेलियालाई हराएर प्रतिष्ठा जोगाएको छ । यसअघि समूहका दुई खेलमा उसले पराजय ब्यहोरेको थियो ।

पेरुले अष्ट्रेलियालाई २–० गोलले हराएको हो । खेलको १८औं मिनेटमा आन्द्रे क्यारिल्लोले गोल गरी पेरुलाई अग्रता दिलाएका थिए । त्यस्तै ५०औं मिनेटमा कप्तान पाउलो गुरेर्रोले दोस्रो गोल गरे । बाँकी समयमा गोल हुन नसक्दा पेरुले खेल जित्यो ।

अष्ट्रेलियाले भने यस विश्वकपमा एउटा खेल पनि जित्न सकेन । पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलियाले दोस्रो खेलमा डेनमार्कसँग बराबरी खेलेको थियो । फ्रान्स र डेनमार्कको बराबरी र पेरुसँग हारेपछि अष्ट्रेलिया पनि विश्वकपबाट बाहिरिएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया